कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
पर्सा – जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ सुहपुर निवासी १८ वर्षकी बनिता चौधरीकाे हत्या अभियोगमा प्रहरीले त्यसै ठाउँका १९ वर्षीय प्रमेन्द्र चौधरीलाई गिरफ्तार गरेको छ ।
भारत पश्चिम चम्पारण बरगाँव थाना बगाहा पिपरिया वडा नम्बर ११ स्थायी घर भई जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ सुहपुर सानोबुवाको घरमा बस्दै आएकी सुनकोशीया देवी भनिने बनिता चौधरी असार ३१ गते गंगोली नदीमा मृत अवस्थामा फेला परेकी थिइन ।
उनी असार २८ गतेदेखि घरबाट बेपत्ता भएकी थिइन । उनको प्रमेन्द्र चौधरीसँग प्रेम रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । अहिले गोर्खा जिल्लाको ढकाल गाउँमा डकर्मीको काम गर्दै आएका चौधरी र बनिताबीच ३ वर्षदेखि माया प्रेम चल्दै आएको प्रहरीले जनाएको छ ।
असार २८ गते भलुवहीमा गंगोल नदी छेउको खरबारीमा १२ बजे उनीहरुबीच भेटघाट भएको थियो । त्यो भेटघाटमा उनीहरुबीच यौन सम्बन्ध समेत भएको थियो । प्रमेन्द्र चौधरीले दोश्रो पटक यौन सम्पर्क राख्न खोज्दा बनिताले इन्कार गरेकोले हत्या भएको प्रहरी उपरीक्षक रेवती ढकालले बताउनुभयो ।
प्रमेन्द्रको यौन प्रस्ताव अस्वीकार गरी घर जान थालेकी उनलाई अगाडि गाँठो पारी पछाडितिर झुण्डिएको सलले तानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले प्रमेन्द्र विरुद्ध कर्तब्य ज्यान मुद्धा चलाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।