वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ - नेपाली कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
सरकारले ल्याएको नेपाल सेवा विधेयक र विकास तथा प्रविधिसमितिबाट पारित सूचना प्रविधि विधेयकको विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्फत कांग्रेसले ज्ञापन पत्र बुझाएको हो ।
काठमाण्डौमा सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुमार्फत सरकारलाई विरोध पत्र बुइझाएको छ । नेपाली कांग्रेसका काठमाण्डौ जिल्ला सभापति सवुज बानियाँले लोकतन्त्रलाई समाप्त पार्ने, जनअधिकार र स्वतन्त्रमा बन्देज हुने किसिमले आएको विधेयकहरुको विरोधमा ज्ञापन पत्र बुझाइएको बताउनुभयो ।
कांग्रेसले सरकारको कदमलाई गम्भीर रुपमा लिएको र विधेयक नसच्याए आन्दोलनका अन्य कार्यक्रम घोषणा हुने चेतावनी उहाँले दिनुभयो । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी सैँजुले कुनै–कुनै माध्यमबाट तत्काल नै गृहमन्त्रालयमा पठाउने बताउनुभयो ।
संसदीय समितिबाट पारित भएको सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा पटक-पटक कसैलाई जिस्क्याए, होच्याए, मानमर्दन हुने कार्य गरेमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था छ ।