उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल सोमबारदेखि

 साउन ६, २०७५ आइतबार १८:२१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको फुटबलमा ५ टिमको सहभागिता रहने छ । एन्फा मैदान सातदोबाटोमा १५ गतेसम्म चल्ने प्रतियोगितामा ५ टिमको सहभागिता रहने छ । 

प्रतियोगितामा ३ विभागीय सहित रौतहट र काठमाडौंको महिला टिमले सहभागिता जनाउँदैछन् ।

विभागीय क्लबहरु एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै काठमाडौं फुटबल संघ र रौतहट फुटबल संघले प्रतिस्पर्धा गर्नेछन् । 

हालै जिल्लामा भएको उप मेयर कप महिला फुटबलमा उपाधि जितेकाले काठमाडौ र रौतहटलाई समावेश गरिएको एन्फाले जनाएको छ ।
सोमबारको उद्घाटन खेलमा पुलिस र त्रिभुवन आर्मी भिड्ने छन् ।

यसैगरी सोमबार नै हुने अर्को खेलमा काठमााडौं र रौतहट आमने सामने हुनेछन् । आगामी साफ महिला फुटबलको छनौटका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

राउण्ड रोबिन लिग प्रणाली अनुसार हुने प्रतिस्पर्धाको उपाधि प्वाइन्टका आधारमा तय हुने छ ।

सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि अंक बढी हुने टिमले उपाधि जित्ने छ ।

प्रतियोगिता तयारीका लागि एन्फाले हरेक टिमलाई ५० हजार रुपैयाँ प्रदान गरेको पनि जनाएको छ । उपाधि विजेताले २ लाख पाउँदा उपविजेताले १ लाख ५० हजार पाउनेछन् ।

यसैगरी तेस्रो हुने टिमलाई ५० हजार दिइने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार पाउँदा, उत्कृष्ट प्रशिक्षकलाई प्र्रशिक्षकलाई १० हजार दिइने छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया