सभामुखको चुनाव माघ १२ गते, यस्ताे छ कार्यतालिका

 माघ ६, २०७६ सोमबार १७:२७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रतिनिधिसभा सभाको रिक्त रहेको सभामुख पदका लागि माघ १२ गते चुनाव हुने भएको छ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले उपसभामुखको पदबाट राजीनामा दिएपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो । 

सोमबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकको अध्यक्षता गर्नुभएका महन्थ ठाकुरले प्रतिनिधिसभा नियमावली २०७५ नियम २११ को उपनियम २ बमोजिम उपसभामुख तुम्बाहाङ्फेले दिएको राजीनामालाई सभा समक्ष पढेर सुनाउनुभएको थियो । 

लगत्तै उहाँले प्रतिनिधिसभा नियमावलिको नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको चुनाव माघ १२ गतेका लागि निर्धारण गर्दे चुनावकाे कार्यक्रम सार्वजनिक गर्न संघीय संसद सचिवालयका महासचिव मनाेहरप्रसाद भट्टराईलाई निर्देशन दिनुभयो । 

उपसभामुख तुम्बाहाङ्फेको राजीनामापछि ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले प्रतिनिधिसभाको अध्यक्षता गर्नुभएको हो । यसअघि ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको सपथ लिनुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक माघ १२ गते आइतबार अपराह्न ३ बजे का लागि बोलाइएको छ ।

यसैबीच, सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । 

कार्यतालिका अनुसार मंगलबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । साढे २ बजे उम्मेदवारको सूची प्रकाशित गरिने छ । माघ १२ गते आइतबार ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदको चुनाव हुने छ । 

संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक पुस ४ गते बसेको भए पनि सभामुख पद रिक्त रहेका कारण एक महिनासम्म संसद बैठक प्रभावित हुदै आएको थियो । 

असोज १४ गते कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ।

 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया