काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - नेपाली कांग्रेसले सभामुख वा उपसभामुखमध्ये कुनै एक पदमा आफ्नो दाबी हुने स्पष्ट पारेको छ । सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा कांग्रेसले संवैधानिक प्रावधान अनुसार कुनै एक पदमा आफ्नो दाबेदारी हुने प्रष्ट पारेको हो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान अनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने प्रावधान अनुसार आफ्नो पार्टीकाे दाबेदारी रहने बताउनुभयो ।
माघ १२ गते हुने सभामुख निर्वाचनको सन्दर्भमा पनि फरक दल र लिङ्गको सभामुख उपसभामुख हुने संवैधानिक प्रावधान लागू हुने उहाँको भनाई छ ।
साथै, नेपाली कांग्रेस प्रतिपक्षी दल र संसदको दोस्रो ठूलो दलका भएका नाताले सभामुख वा उपसभामुखमध्ये सत्तारुढ दलसँग हुने समझादारी अनुसार उम्मेदवारी दिइने बताउनुभयो ।
‘पार्टीको बैठक बसेर निर्णय गर्छ । स्वभाविक रुपमा नै एक पदमा हाम्रो दावी हुन्छ । निर्वाचनलाई ‘बाइकट’ गर्ने कुरा हुँदैन । प्रकृयामा सहभागि हुने हो । संविधानको प्रावधान अनुसार अगाडी बढ्ने हो ।’
नेकपा सांसद कृष्णभक्त पोखरेलले सभामुखका लागि पार्टीले उम्मेदवार बनाएका अग्नि सापाकोटा हरके हिसाबले उपयुक्त रहेको बताउनुभयो । आन्दोलनको अगुवा, विगतमा मन्त्रीको भूमिका गरिसकेको हिसाबले उहाँको उम्मेदवारी उपयुक्त रहेको पोखरेलको भनाई छ । द्वन्द्वकालिन विषयहरु उठ्ने अवस्थामा सापकोटाको मात्रै नभएर सबैका मुद्धाहरु उठ्ने उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘द्वन्द्वकालिन विषयहरु उठाउने हो भने उहाँको मात्रै होइन् । सबैका कुरा उठ्छन् नी । त्यसैले द्वन्द्वकालिन विषयहरु आयोगको माध्यमबाट समाधानको दिशातर्फ जानुपर्छ । सापकोटा योग्य नेता हुनुहुन्छ ।’
सांसद पोखरेलले शिवमायाको दाबीलाई सचिवालयले किन ग्रहण गरेन भन्ने प्रश्नमा भन्नुभयो, ‘उपसभामुख हुने वित्तिकै सभामुखको उम्मेदवारका लागि उपयुक्त हुन्छ भनेर सोच्नु गलत हो ।’
सत्तारुढ दल नेकपाको सचिवालयले सभामुखका लागि सापकोटालाई अगाडी सारेको छ । माघ १२ गते सभामुखको निर्वाचन हुँदै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।