धादिङमा ट्रकभित्रै मृत भेटिए चालक

 माघ ६, २०७६ सोमबार १९:३९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङको गजुरी गाउँपालिका ६ बान्छेटारमा ना ६ ख ७००३ नम्बरको ट्रक चालक ट्रक भित्रै मृत भेटिएका छन् ।

रुपन्देही सालझण्डी ६ का ३० वर्षीय सूर्यप्रसाद डङ्गोरीया थारु ट्रकभित्रै मृत भेटिएकाे इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

ट्रकका सह चालक कपिलवस्तुका सिमोन थारुलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताउनु भयाे ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया