कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
मोरङ – बुढीगंगा गाउँपालिकाको कृषि शीर्षकको बजेट दुरुपयोग भएको छ ।
च्याउ खेती गर्ने किसानहरुको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आएको कृषि क्षेत्रको बजेट दुरुपयोग भएको हो ।
किसानहरुको लागि किटान गरेर आएको बजेट गाउँपालिकाकाले अन्यत्र खर्च गरेर किसानलाई बेवास्ता गरेको किसानहरुले आरोप लगाएका छन् । गाउँपालिकामा च्याउ खेती गर्ने किसानहरुले किसानहरुकै लागि आएको रकमममा दुरुपयोग भएको भन्दै आपत्ति जनाएका हुन् ।
बुढीगंगा ७ मा रहेको नेपाल च्याउ उद्योगका सञ्चालक सरोज नेपालले सरकारबाट किसानका लागि आएको रकम किसानलाई अनुदानमा दिनु पर्नेमा भए पनि गाउँपालिकाले मनपरी रुपमा खर्च गरेकाले आरोप लगाउनुभयो ।
च्याउनको बीउ उत्पादनमा सहयोग नगरेको, किसानलाई आवश्यक तालिम तथा च्याउ प्रशोधनको बारेमा समेत जानकारी नदिइएको किसानले गुनासो गरेका छन् ।
किसानहरुलाई उच्चस्तरिय तालिम दिइनु पर्ने, च्याउलाई प्रशोधन गर्ने वास्तविक किसानलाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराउनु पर्ने लगायतका माग च्याउ खेती गर्ने किसानहरुको छ ।
च्याउ खेती कृषक बिष्णुबहादुर मगरले किसानलाई गाउँपालिकाले सहयोग गरेमा च्याउ खेतीमा लाग्न प्रोत्साहन हुने र भारतीय बजारबाट आउने तरकारी रोकिने बताउनुभयो । गाउँपालिपाक कृषि विकास शाखाले भने ५ वटा फर्मलाई ३ लाख ५० हजार रुपैयाँका दरले अनुदान अनुदान वितरण गरिएको जनाएको छ ।
नेपाल च्याउ उद्योगलाई २ लाख, श्रृष्टी कृषि फर्मलाई २५ हजार, ह्याप्पी फेमिली बचत तथा ऋण सहकारीलाई २५ हजार, अगुवा कृषक कृषि यान्त्रिकरण सहकारीलाई ५० हजार र मदनपुर बहुउद्देश्यीय कृषि फर्मलाई ५० हजार रुपैयाँ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाहेकका कृषिका बजेट गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले एकलौटी आफ्ना कार्यकर्तालाई मात्र दिने गरेको र वास्तविक किसानहरुले अनुदान, बीउ विजन तथा सहयोग नपाएको गुनासो गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।