सभामुखमा अग्नि सापकाेटाकाे उम्मेदवारी, राजपा नेता कर्णकाे पनि समर्थन

 माघ ७, २०७६ मंगलबार १२:२८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपाका सांसद अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

सापकोटाले नेकपाका नेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक तथा नेकपाकै ओनसरी घर्ती, देव गुरुङ र राजपाका लक्ष्मणलाल कर्ण समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको हो । उम्मेदवारी दर्ताका लागि आज दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।

नेपाली काङ्ग्रेसले प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी नदिने भएको छ । आज बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको संसदीय दलको कार्यालयले जनाएको छ ।

बैठकले सत्तारुढ दलसँग पर्याप्त बहुमत रहेको र सभामुख पद तटस्थ रहनुपर्ने पद भएकाले आफ्नो तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो ।

यससँगै सापकोटा सर्वसम्मतरुपमा सभामुख चयन हुने लगभग निश्चित जस्तै बनेको छ । प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र एक जना महिला हुनैपर्ने संवैधानिक व्यवस्था छ ।

नयाँ सभामुख चयन गर्न आउँदो आइतबार दिउँसो ३ बजे मतदान हुँदैछ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया