धादिङ दुर्घटना अपडेट : घाइते १५ जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइयो

 माघ ७, २०७६ मंगलबार १८:५८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ - धादिङको निलकण्ठ नगरपालिका-८ ससाह ज्यामिरेमा भएको ट्रक दुर्घटनामा घाइते भएकालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको छ । 

घाइते भएकामध्ये १५ जनालाई उपचारको लागि काठमाण्डौ ल्याइएको हो । दुर्घटनामा ६ जनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए ।  ट्रकमा करिब ४० जना यात्रु रहेका थिए ।

घाइते भएकामध्ये केहीको धादिङ जिल्ला अस्पतालमा उपचार भैरहेको  प्रहरीले जनाएको छ । तीव्र गतिका कारण ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया