किशोरीलाई तीन महिनादेखि बलात्कार गरेको आरोपमा एकजना पक्राउ

 साउन ७, २०७५ सोमबार ६:८:२४ | उज्यालो सहकर्मी

पर्सा - १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका वडा नं २ गादीको लक्ष्मीपुर गाउँ निवासी ४५ वर्षीय केदार भण्डारीलाई पक्राउ गरेको छ । 

भण्डारीले किशोरीलाई तीन महिनादेखि शारीरिक शोषण गर्दै आएको पीडितले  बताएकी छिन ।  भण्डारीलाई आइतबार रंगपुर प्रहरी चौकीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । 

भण्डारीबिरुद्ध पीडित किशोरीका बावुले आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका छन । भण्डारीबिरुद्ध आवश्यक अनुसन्धान गरि मुद्धा चलाउने पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनु भयो  । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया