प्रदेश २ मा दलिततर्फ राधेश्याम पासवान विजयी

 माघ ९, २०७६ बिहीबार १८:२४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा -राष्ट्रियसभाको चुनावमा प्रदेश २ मा दलिततर्फ नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार राधेश्याम पासवान विजयी हुनुभएको छ । 

राष्ट्रिय जनता पार्टी र नेकपाको साझा उम्मेदवार रहेका पासवानले विपक्षी समाजवादी पार्टीका उम्मेदवार रामप्रित पासवानलाई पराजित गर्नुभएको हो । राधेश्यामले ५ हजार २ सय ९२ मतभार ल्याउँदा रामप्रितले ४ हजार ७ सय ४ मतभार पाउनुभयाे ।  

यसअघि महिलातर्फ नेकपाकै उम्मेदवार तुलसा दाहाल ५२०८ मतभार ल्याउँदै विजयी भइसक्नुभएको छ । उहाँले कांग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्नुभएको हो । 

चुनावमा नेकपासँग राजपा र कांग्रेससँग समाजवादीले छुट्टाछुट्टै गठबन्धन गरी प्रतिष्पर्धामा उत्रिएका थिए ।  
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया