काेराेना भाइरस: ज्यान गुमाउने २५ पुगे, आपतकाल घोषणा गर्ने बेला भइसकेको छैन– विश्व स्वास्थ्य सङ्गठन

 माघ १०, २०७६ शुक्रबार ८:६:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चिनियाँ नागरिकहरु चिनियाँ चन्द्र वर्ष मनाउने तयारी गरिरहँदा सरकार हुबेई प्रान्तमा घातक कोरोना भाइरससँग लड्ने तयारीमा छ । 

कोरोना भाइरसको प्रकोप बढेसँगै बेइजिङ र हङकङले केही ठूला चाडपर्वहरुको आयोजना रद्द गरेका छन् । चिकित्सकहरुले यो भाइरस मानिसबाट मानिसमा सर्न सक्ने बताएपछि मानिसको ठूलो भिड एकसाथ भेला हुन रोक लगाइएको हो । 

वुहान र हुबेईका अन्य शहरमा सार्वजनिक यात्रामा रोक लगाइएको छ । सार्वजनिक बस, विमानस्थल र ट्रेन लगायतमा प्रतिबन्ध गरिएको छ । भाइरस फैलनबाट रोक्न १ करोड १० लाख जनसङ्ख्या भएको वुहान शहरका साथै भएको ह्वाङ्ग गाङ्ग तथा इजौ शहरमा पनि यातायातमा प्रतिबन्ध लगाइएको हो।

शुक्रबार चिनियाँ अधिकारीहरुले कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको बताएका छन् । साथै आठ सयभन्दा बढी सङ्क्रमित भइसकेका छन् । 

बिहीबार अमेरिकाले कोरोना भाइरसको दोस्रो संदिग्ध घटनामा अनुसन्धान भइरहेको बताएको छ । यो भाइरसको सङ्क्रमण चीनबाहेक अमेरिका, जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि देखिइसकेको छ । 

‘आपतकाल घोषणा गर्ने बेला भइसकेको छैन’

ज्यान गुमाउनेमध्ये धेरै हुवेईका छन् । जसमा १३ जनाले ज्यान गुमाएका छन्, या सङ्ख्या विदेशमा पुष्टि गरिएको भन्दा कम हो । यही कारण विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बिहीबार भाइरसलाई ‘अन्तर्राष्ट्रिय आपतकाल’ भनेर घोषणा गर्नबाट अस्वीकार गरेको थियो । 

‘यो अझै पनि एक बन्न सक्छ’, विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अदहानोम घेब्रिएसुसले भने । 

विश्व स्वास्थ्य सङ्गठनको आपतकालीन समितिले भनेको छ, ‘अहिले आपतकाल घोषणा गर्ने समय भइसकेको छैन ।  यो समितिले दुई वटा कारण अघि सारेको छ– ‘विदेशमा सीमित सङ्ख्या र चीनले गरिरहेको प्रयास ।’   

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया