फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
शुक्रबार भएको खेलमा पुछारको सरस्वती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले तालिकाको शीर्ष र दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी र मछिन्द्रसँग अंक बराबरी गरेको हो । आर्मी, मछिन्द्र र मनाङ समान १६ अंकसहित शीर्ष तीन स्थानमा रहेका छन् । आर्मीले भने एक खेल कम खेलेको छ ।
दशरथ रंगशालामा पहिलो हाफ गोलरहित बराबरी खेले पनि निर्णायक गोल मनाङले दोस्रो हाफको सुरुमै गरेको थियो ।
मनाङका लागि निशान लिम्बुले प्रहार गरेको फ्रीकिकलाई अन्जन विष्टले दाहिनेतिरबाट छाेएकाे बल बारमा लागेपछि रिबाउन्ड भएको थियो । उक्त बललाई कमल रानाले गोलमा परिणत गर्दै मनाङलाई अग्रता दिलाएका हुन् । त्याे अग्रता अन्तिम समयसम्म जारी राख्दै उसले जित निकाल्न सफल भएको हो ।
मनाङका लागि निर्णायक गोल गर्ने कमल राना केल्मी म्यान अफ द म्याच घोषित भए । मनाङ जारी लिगमा एक मात्र अपराजित टिम हो । उसले चार खेलमा जित र चार खेलमा ड्र गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।