पुनर्निर्माण प्राधिकरण भोजपुरका सब इन्जिनियर घुससहित पक्राउ

 माघ १०, २०७६ शुक्रबार १५:४४:४६ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - पुनर्निर्माण प्राधिकरण भोजपुरका एक कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

पुनर्निर्माण प्राधिकरण अन्तरगत भोजपुर नगरपालिकामा कार्यरत सब इन्जिनियर प्रकाश तिवारीलाई घुससहित अख्तियारले पक्राउ गरेको हो ।

इन्जिनियर तिवारीलाई शुक्रबार ६ हजार रुपैयाँ घुससहित भोजपुरको प्रधान होटलबाट अख्तियारले पक्राउ गरेको हो ।  इन्जिनियर तिवारी भोजपुर नगरपालिका ७ डाँडागाउमा रहेको प्रधान होटल एण्ड लजमा घुस रकम लिन पुगेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले तिवारीलाई प्रधान होटल एण्ड लज घुससहित पक्राउ गरेको हो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया