ललितपुरमा 'इन्टेलिजेन्स ट्राफिक लाइट' सञ्चालनमा
पुस १, २०८१ सोमबार
हरेक दिन दुईवटा सार्वजनिक गाडी चढेर ओहोरदोहोर गर्नुपर्ने मेरो बाध्यता छ ।
एक हप्ताअघिको कुरा हो, कार्यस्थलबाट निस्कन ढिला भयो, गाडी पाउन मुश्किल । बल्लबल्ल जावलाखेलबाट एनएसी जाने माइक्रोबस पाइयो ।
धन्न त्यो दिन थापाथलीमा थोरै जाम भएन, अनि अरु दिनको तुलनामा छिट्टै एनएसी पुगें ।
त्यहाँ ओर्लेर २० मिनेटसम्म कुरेपछि बल्ल एउटा सामाखुसी हुँदै गोंगबु, नयाँ बसपार्क जाने माइक्रोबस भेटियो ।
खुट्टा राख्ने ठाउँ भेटाउन पनि निकै गाह्रो थियो, सिटको त झन आशै भएन । अलि पर पुगेपछि नजिकैको सिटमा बसेको एकजना झरे ।
लेख्न त महिला सिट भनेर लेखिएको थियोे, तर २५/२६ वर्षका जस्ता देखिने युवा थिए ।
सिट खाली भएपछि म बस्न खोजें । अलि उता सर्लान् भनेको त झनै खुट्टा फैलाएर बसे । उकुसमुकुस हुँदै बसें, के गर्नु उभिँदा उभिँदा अवस्था खराब भैसकेको थियो ।
मनमा त अनेक खालका प्रश्नहरु उब्जिएका थिए । तर कसलाई भनौं, कसलाई सुनाउँ भयो ।
के केटा भएपछि खुट्टा फैलाएरै बस्नुपर्ने हो ? के उनीहरु पनि अरुजस्तै मिलेर बस्न सक्दैनन् ?
त्यसमा पनि अझ महिला लेखेको सिटमा बसेको छ । उभन्दा धेरै उमेरका महिला उभिरहेका छन् । उनीहरुले पनि भन्ने आँट गरेनन् । जति नै पीडा भए पनि खप्ने बानी परेको छ उनीहरुलाई ।
मैले सुनेको छु, विकसित देशमा त पुरुष यात्रुले बसमा खुट्टा फैलाएर बस्न नपाउने नियम छ ।
मलाई थाहा भए अनुसार स्पेनको राजधानी म्याड्रिडमा सार्वजनिक गाडीमा पुरुष यात्रुले खुट्टा फैलाएर बस्न नपाउने नियम लागू भएको छ ।
नियम लागू गर्दै स्पेनको यातायात विभागले सार्वजनिक गाडीको सिटमा खुट्टा फैलाएर बस्ने पुरुष यात्रुविरुद्ध अभियान नै चलाएको थियो ।
तर हाम्रो नेपालमा यस्तो समस्यामा चुपचाप सहनु परेको छ ।
आखिर कहिलेसम्म? यस्को जवाफ मैले पाउँछु जस्तो लाग्दैन किनकि भएका नियम त कार्यान्वयन गर्न नसक्ने देशमा अरु के आशा गर्नु र ?
आफू चिल्ला कारमा हुईंकिनेहरुले यता ध्यान दिने त कुरै भएन । उनीहरुले न बाटोको धुलो देख्नु पर्छ, न त हिलोमा फसेका नागरिक ।
कालो सिसा लगाएको गाडीमा हिँड्नेहरुले कहिले देख्लान नागरिकका पीडा ?
गाडीमा पुरुषले खुट्टा फैलाएर बस्दा महिला यात्रुसहित अरुलाई यात्रामा समस्या हुने गरेको छ ।
यतातर्फ कसैको ध्यान गएको पाईंदैन । अप्ठ्यारो भयो थोरै उता सर्नुस् न भन्यो भने पनि छुन पनि नहुनेले आफ्नै प्राईभेट कारमा आउनुपथ्र्याे भन्छन् ।
यसरी खुट्टा फैलाएर बस्दा अर्को यात्रुको सिट पनि ओगट्ने भएकाले धेरैलाई समस्या हुने गरेको छ । तर बुझ्ने कस्ले ?
यस्तै खालको समस्याले गर्दा सन् २०१४ मा अमेरिकामा एउटा अभियान नै चलाइएको थियो ।
के हामीले अरु देशमा यस्तो भएको थियो भनेर मात्रै पढ्ने हो त ?
कहिले हुन्छ यस्ता खालका विसंगतिको अन्त्य ? हिजोआज यस्ता खालका प्रश्नले सधैं सताउने गर्छ ।
म त एउटा प्रतिनिधि पात्र न परें, मजस्ता त कति छन् यो समस्या दिनहुँ झेल्नुपर्ने ।
माइक्रो बस र बसमा धेरै यात्रु राख्ने कारण भनेको एउटा त यात्रुकै दबाबमा र अर्को एकैपटकमा बढी नाफा कमाउने कारणले हुन्छ ।
कुनै रुटमा गाडी नै नपाएर हैरान भएका यात्रुले जसरी पनि जान इच्छा देखाउने कुरा अस्वाभाविक होइन ।
तर गाडीको अभाव देखाएर नाफा कमाउनेहरु हावी भएका छन् । नयाँ गाडी त्यस रुटमा चलाउन खोज्नेलाई सिन्डिकेट लगाएर गाडी नै चलाउन नदिने कारणले पनि सडकमा त्यति गाडी देखिन्नन् ।
अहिले सिन्डिकेट हट्यो भने पनि त्यसको अनुभूति कसैले गर्न पाएका छैनन् ।
गाडीले यात्रुलाई दिनुपर्ने सुविधा, महिला, वृद्ध र अशक्तलाई सिटको व्यवस्था पनि कार्यान्वयन भएको पार्इंदैन ।
बेलुकीको ७ बज्न नपाउँदै गाडीमा ‘विद्यार्थी छुट छैन है पछि किचकिच गर्ने होइन, बरु अहिले नै नजानु’ भन्दै सहचालकले तर्साउँछन् ।
एकपटक मैले किन, के कारणले गर्दा छुट पाइन्न भनेर सोध्दा समितिले नदिनु भनेको छ भन्ने जवाफ आयो ।
समितिको निर्णय हो कि सहचालक आफ्नैको हो भन्ने जिज्ञासाले म अर्काे गाडीमा चढें ।
अर्को गाडीमा जाँदा त्यो समितिको निर्णय होइन रहेछ, सहचालकको आफ्नै खुशीले भनेको रहेछ भन्ने थाहा भयो ।
सार्वजनिक गाडीमा बेथिति धेरै छन् । अहिले सिण्डिकेट हट्यो भनिएको छ, तर सबै व्यवसायी मिलेर बढी नाफा कमाउने उदेश्यले सिन्डिकेट जोगाउन लागेका छन् ।
गाडीको अभाव देखाएर सुविधा नदिने हाम्रो जस्तो अविकसित देशमै देखिन्छ ।
फेरि सरकारले नयाँ गाडी नथपेरै यो नियम लागू गराउन खोज्दा व्यवस्थित हुँदैन ।
साथै निजी क्षेत्रको लगानीप्रति सामान्य नागरिकको सहानुभूति बढी नै हुने र विचराले यत्रो लगानी गरेर सेवा दिइरहेको छ भन्ने भावनाले धेरैले दुखः सहेरै पनि यात्रा गर्ने मनोवृत्तिले पनि गाडीवालाहरु सेवामुखीभन्दा नाफामुखी हुँदारहेछन् कि भन्ने लाग्छ ।
यस अवस्थामा सार्वजनिक यातायातमा सरकारको या सार्वजनिक लगानी अनिवार्य रहेछ भन्ने कुरा नेपालकै साझा बसको सेवालाई हेरे पुग्छ ।
त्यहाँ जति नै यात्रुको चाप भए पनि महिला, वृद्ध र अशक्तलाई आरक्षित गरिएको सिटमा अरुले बस्न पाउँदैनन् ।
निजी क्षेत्रको जसरी पनि नाफा कमाउने चाहना र सरकारी सार्वजनिक क्षेत्रमा काम गर्नेको व्यक्तिगत लाभमा लोभिने प्रवृत्तिले जहाँजहाँ निजी र सार्वजनिक क्षेत्रले प्रतिस्पर्धा गरेका छन्, त्यहाँ निजी क्षेत्र मौलाउने र सार्वजनिक क्षेत्र खुम्चने गरेको पाइन्छ ।
तर अहिले यातायात क्षेत्रको उदाहरण दिँदा साझा बसको अनुभवलाई हेर्ने हो भने जहिले पनि यात्रुहरु टनाटन देखिन्छन् ।
कारण हो साझा बसको सिट क्षमता धेरै अनि उभिनै परे पनि सहज । माइक्रोबसमा बस्न पनि राम्रोसँग पाईंदैन, उभिंदा त झन् सहज हुँदैन ।
कहिलेकाहीँ त लाग्छ ती कालोसिसाको झ्याल बन्द गरेर चिल्लो गाडीमा हुईंकिनेलाई यही माइक्रोबसभित्र लेराएर राखुँ । तर के गर्नु त्यो त मनको लड्डु घिउसँग खानु भनेको जस्तै त हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
kiran karki
July 23, 2018, 10:32 p.m.तपाई काठमाण्डौको वासिन्दा एउटा स्कुटी किन्नुपर्ने हो नि त !
Harri potter
July 23, 2018, 7:13 p.m.राम्रो लेख जहाँ धेरै चेलिहरुको पिडा बसेको छ ।
कृष्ण शर्मा
July 23, 2018, 9:09 a.m.लेखिका चेलीले लेखेकाे उदाहरण अली एकपाटे भयाे ।अलि अघी संविधान सभाकाे दाेश्राे कार्यकालमा म कलंकिबाट बागमती यातयातकाे गाडी चढे ।संजाेगले त्याे बसमा महिला सिट अरुमा भन्दा अर्काे पंतिमा रहेछ ।मैले त्याे नहेरी सिटमा बसे ।करिव १०० मिटर अगाडी पुग्दा एउटी माननिय बसमा सवार भईन ।कालाे चस्मा अाखामा हाेईन अलिमाथि थियाे ।लाेगाे ले मात्रै पहिरनले चिन्न सकिन ।अलि कठाेर स्वरमा माननियले भनिन याे महिला सिट !!!! म लाजले राताे भएर उनले ईसारा गरेकाे तिर हेरे ।अरु बसमा भन्दा फरक ठाउमा रहेछ महिला सिट । म उठेर उिभए मानिय सवार हुनु भाे ।त्यसकाे करिव २०० मिटर नपुग्दै एउटी सेतै कपाल फुलेकी गराे अनुहार भएकी छाला सबै चाउरी परेकी अामा बस चढ्नु भाे ।मैले चिनेकै हुदा मानियलाई सुझाए ।माननिय ज्यु याे सिटकाे हकदार हजुर हाे की वहा अामा ? एकजना भद्र भाईले अामालाई सिट दिनु भाे अामा सिटमा बस्नु भाे ।रबि भवन पुग्दा एउटी बहिनीले बस राेक्न ईसारा गरीन ।करिव ३ बर्षकी जस्ती नानि ले ति बहिनीकाे कुर्थाकाे पलेटाे समाएकी कखामा ७/८ महिनाकाे अर्काे बच्चा सानाे झाेला पनि ।बडाे मुस्किलले बस सवार भए ती तिनजना मनुवा ।मेराे मुख अलि बैरी मैले नम्र स्वरमा मानियलाई विन्ती गरे मानिय ज्यु याे सिटकाे हकदार यी बहिनी हुन वा हजुर । करिव १५ बर्ष पुरानाे चिजानवाल माननियले िसट छाड्न मान्नु भएन ।मैले एउटा फेम्निजमकाे कथा सुनाए । बसमा हासाेकाे फाेहरा छुट्याे । साेल्टी दाेवाटाेमा पुगेपछि माननियले हिनताका साथ गाडी राेक्न भन्नु भाे र म तिर फर्केर समकालिन सामािजक शब्दले पुकारेर गाडिबाट झर्नु भाे ।बानेश्वरकाे त्याे संविधान लेख्ने भवन जान हिडेकाे माननिय वीच बाटाेमा एउटा पुरुषकाे दमन र हिंसाकाे सिकार भएर झर्नु परेकाे थियाे । अव भन्नुहाेस रत्न पार्कमा बसेर दाई जाने हाे भन्ने महिला ।माननिय महिला ति बुढी अामा त्याे बालबच्चा घिसारेर बसमा उभिन बाध्य महिला याे कस्काे पक्षमा तपाईकाे लेखले पक्ष लिन्छ ?