काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा फेला नपर्ने खालको भएको बताउनुभएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा शनिबार ‘जनताको जनवादका आधारहरु‘ विषयक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालको कम्युनिष्ट क्रान्ति पुरानो पुँजीवादी क्रान्ति र नवजनवादी क्रान्तिभन्दा भिन्न प्रकृतिको भएको बताउनुभएको बताउनुभएको हो ।
नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व मुख्य रुपमा स्थापित गर्दे पूँजीपतिलाई पनि साथ लिएर सामन्तवादमाथि विजय हासिल गरेको हुनाले यसलाई समाजवाद उन्मुख जनताको जनवादको रुपमा समाजवादको आधार तयार पार्ने एउटा राजनीतिक प्रक्रियाको रुपमा लिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले नेपालमा जे अनुभव गर्यौँ, जे हासिल गर्यौँ र हामी अब जसरी समाजवादको निर्माणको दिशामा अगाडि बढ्दैछौँ । त्यो दुनियाँको कुनै किताबमा भेटिने खालको छैन । हामीले आफैँले आफ्नो जीवनमा संघर्ष गरेर बलिदान गरेर, मेहनत गरेर , त्याग गरेर हासिल गरेका छौँ र विश्वभरिका अनुभवहरुको अध्ययन गरेर, हामीले नेपालमा जे प्रयोग गरेका छौँ यही विषयलाई सबै कमरेडले गम्भीरतापूर्वक विचार गर्नुहोला ।’
पूँजीपतिलाई पनि सहयात्री बनाएर नेपालको क्रान्ति सपन्न भएकाले नवजनवादी वा पुरानो पूँजीवादी दुवै क्रान्तिजस्तो नभइ नेपालको क्रान्ति ‘नेपाली जनवादी क्रान्ति’ भएको टिप्पणी उहाँले गर्नुभयो ।
अध्यक्ष दाहालले पार्टीको इतिहास तयार पार्ने जनताको जनवादका आधारहरु पुस्तकले ऐतिहासिक एकतापछिको संक्रमणकालीन परिस्थिति र विचारको विकासको प्रक्रिया र श्रृंखलालाई बुझ्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली राजनीतिको आजको विन्दु के हो ? हामी जान खोजेको हाम्रो मिसन, हाम्रो टार्गेट के हो भन्ने कुरा बुझ्न यसले धेरै मद्द्त गर्छ । पार्टीको इतिहास तयार पार्ने क्रममा यो पुस्तकले पुर्वाधारको काम राम्रै संग गर्छ भन्ने मैले विश्वास लिएको छु ।’
गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्धारा सम्पादित ‘जनताको जनवादका आधारहरु’ पुस्तकमाथि युवराज ज्ञवालीले टिप्पणी गर्नुभएको थियो । पुस्तकमा जनताको जनवादका आधारहरु सम्पादनको आवश्यकता, नेकपाको एकीकृत अवस्था, एमालेका ऐतिहासिक दस्तावेजका अंशहरु, माओवादीका ऐतिहासिक दस्तावेजका अंशहरु र ऐतिहासिक एकताको अवस्था समावेश गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।