नेकपा एमालेको प्रतिनिधि परिषद् बैठक शुरु
बैशाख ८, २०८१ शनिबार
काठमाण्डाै – सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँ बढेको छ ।
सुन साेमबार तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ साेमबार तोलामा थप पाँच सय रुपैयाँ बढेको हो । यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको नाै सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
पछिल्लाे केही महिनादेखि सुनकाे भाउ अस्थिर जस्तै छ, जसकाे प्रभाव व्यापारमा परेकाे व्यवसायीहरु बताउँछन् ।