रसुवागढी नाकाबाट साढे २ किलो सुनसहित ६ जना पक्राउ

 माघ १३, २०७६ सोमबार १६:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net


रसुवा - चीनको केरुङबाट अवैध रूपमा ल्याइएको साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट ६ जना पक्राउ परेका छन् । काठमाण्डाै ल्याउन लागेका बेला उनीहरुलाई सुनसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।  

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शेर्पा, २३ वर्षीय सुप्पा लामा, ३५ वर्षीय सुवास तामाङ, १९ वर्षीय साङा शेर्पा र चालक दोलखाको तामाकोशी गाउँपालिका–५ का २३ वर्षीय तुलनारायण श्रेष्ठ रहेका छन् । 

ना १ झ ३५४२ नम्बरको टाटासुमोमा लुकाएर लैजान लागेको सुनसहित उनीहरूलाई घट्टेखोलाबाट पक्राउ गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।  

बरामद भएकाे सुनको बजार मूल्य १ करोड ६० लाख पर्ने प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया