यूएईमा गाडीको ठक्करबाट एक नेपालीको ज्यान गयाे

 माघ १३, २०७६ सोमबार १७:१८:४० | उज्यालो सहकर्मी

यूएई - यूएईमा गाडीको ठक्करबाट एक नेपालीको ज्यान गएको छ । ओमानबाट यूएई आउँदै गरेको लरीले ठक्कर दिंदा दार्चुलाका रमेश कामीको ज्यान गएको हो ।

सामान बोकेर तीव्र गतिमा आएको लरीले सडक पार गर्दै गरेका कामीलाई ठक्कर दिंदा घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शी प्रमोद तामाङले उज्यालोलाई जानकारी दिनुभयो । हत्ताको मुजेरा सुपरमार्केट नजिकै दुर्घटना भएको हो ।

शनिबार साँझ भएको दुर्घटनाको नेपाली दूतावासले सोमबार पुष्टी गरेको छ । यूएईको क्लिन्को नामक सरसफार्इ गर्ने कम्पनीमा कार्यरत दार्चुलाका रमेश कामीको ज्यान गएको दूतावासले जनाएको छ । यसबारे थप अनुसन्धान भैरहेको र लरी चालक प्रहरीको नियन्त्रणमा रहेको कम्पनीले जनाएको छ ।

दुर्घटनाबारे जानकारी पाएलगत्तै दूतावासले कम्पनी र स्थानीय प्रहरीसँग समन्वय गर्न दूतावासका जनसम्पर्क अधिकृत (पीआरओ) खटाएको जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया