काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा सुनुवाई नसकिएपछि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासमा रहेको मुद्दाको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
वरिष्ठ अधिवक्ता तथा मानव अधिकारकर्मी दिनेश त्रिपाठीले सापकोटालाई सभामुख पदमा निर्वाचित नगर्न र पक्राउ गर्न माग गर्दै गएको शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो ।
त्रिपाठीले दायर गर्नुभएको रिटमाथिको सुनुवाई सोमबार नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो । यसअघि आइतबार न्यायाधीश हरि फुयाँलको इजलामा परेको मुद्धा फुयाँलले हेर्न नमिल्ने भएपछि सोमबार मल्लको इजलासमा राखेर सुनुवाई सुरु भएको हो ।
सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा तत्कालीन माओवादीका नेता सापकोटाको संलग्नता रहेको भन्दै त्रिपाठीले रिट दायर गर्नु भएको हो ।रिटमा सापकोटालाई पक्राउ गर्न र घटनाको अनुसन्धान गर्न माग गरिएको छ ।
यस्तै रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई विपक्षी बनाइएको छ ।
सर्वोच्च अदालतले २०६८ सालमै घटनाको अनुसन्धान गर्न आदेश दिए पनि पक्राउ गरी अनुसन्धान नगरेको भन्दै सम्बन्धित प्रहरी र कर्मचारीलाई पनि अदालतको अपहेलनामा सजाय गर्न पनि रिटमा माग गरिएको छ ।
द्वन्द्वकालीन अवस्थामा लामाको हत्या प्रकरणमा संलग्न भएको भन्दै मृतककी पत्नी पूर्णिमाया लामाले काभ्रे जिल्ला प्रशासनमा जाहेरी दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।