थप कसैमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

 माघ १३, २०७६ सोमबार १९:५०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप कसैमा पनि कोरोना भाइरस नभेटिएको स्पष्ट पारेको छ । 

शुक्रबार एक जनामा भेटिएको पुष्टि भए पनि त्यसपछि अहिलेसम्म कुनै पनि व्यक्तिमा त्यस्तो संक्रमण नभेटिएको मन्त्रालयको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.विवेक लालले जानकारी दिनुभयो । 

सोमबार दिउँसो सञ्चारमाध्यममा थप एक जनामा पनि कोरोना भाइरस भेटिएको भनेर समाचार आएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप कुनै पनि मानिसमा यसको संक्रमण नदेखिएको स्पष्ट पारेको हो । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा माघ १३ गतेसम्म प्रयोगशालामा परीक्षण गराएका कुनै पनि व्यक्तिमा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि नभएको उल्लेख छ ।

मन्त्रालयले कसैलाई पनि संक्रमण नभएकाे भनेर विज्ञप्ति निकालेरै दावी गरे पनि परीक्षणका लागि पठाएकाे दुवै जनाकाे रिपाेर्ट भने सार्वजनिक गरेकाे छैन । टेकु अस्पताल स्राेतका अनुसार हङकङ पठाइएकाे रगतकाे नमूनाकाे परीक्षण रिपाेर्ट आइसकेकाे छ ।

एक जनामा संक्रमण देखिएकाे भन्ने रिपाेर्ट आएकाे भए पनि मन्त्रालयले भने सार्वजनिक नगरी उल्टै थप कसैलाई पनि नभेटिएकाे भनेर विज्ञप्ति निकालेकाे प्रति अस्पतालले अनभिज्ञता जनाएकाे छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया