वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै – टाटा मोटर्सको 'टाटा मोटर्स जेन्युइन आयल' सार्वजनिक भएको छ ।
टाटा कमर्सियल भेइकलको नेपालको आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालीले अन्तर्राष्ट्रिय बजारका लागि 'जेन्युइन मोटर आयल' सार्वजनिक गरेको हो ।
टाटा मोटर्स जेन्युइन पार्ट्सको नेपाल भरका आधिकारिक सर्भिस सेन्टर, एक सयभन्दा बढी रिटेलर र च्याम्पियन जोनको सहभागितामा टाटा मोटर्स प्रालीका पदाधिकारीले संयुक्तरुपमा टाटा मोटर्सका विभिन्न रेन्जका जेन्युइन आयल सार्वजनिक गरेका हुन् ।
टाटा जेन्युइन इन्जिन आयल, गियर आयल र रियर एक्सल आयल १ लिटरदेखि १५ लिटरसम्मकाे मात्रामा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यसअघि टाटा जेन्युइन मोटर आयल दुई महिना पहिले भारतीय बजारमा सार्वजनिक भएको थियो । भारतमा यी उत्पादनले राम्रो प्रतिक्रिया पाइरहेको भन्दै टाटा मोटर्सको कस्टमर केयरतर्फका ग्लोबल हेड आर. रामकृष्णनले नेपालमा पनि ग्राहकहरुबीच छिटै लोकप्रिय बन्ने विश्वास व्यक्त गर्नुभयाे ।
टाटा मोटर्स जेन्युइन आयल सार्वजनिक कार्यक्रममा एक सय चार केएल भन्दा बढी जेन्युइन आयल बुकिङ भएको सिप्रदी अटो पार्ट्सले जनाएको छ ।