फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
हेटाैँडा – मकवानपुर प्रहरीले गोली प्रहार गरी मङ्गलबार राति गाँजा तस्करलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत मुजफ्फरका ३५ वर्षीय कार चालक संजित पासवान, कारमा सवार ३५ वर्षीय अजैमल हवारी र ४५ वर्षीया जाहेरा खातुन रहेकाे प्रहरीले जनाएकाे छ ।
हेटौँडा उपमहानगपालिका ११ थानाभर्याङमा प्रहरीले मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बीआर ०६ जे ४४५८ नम्बरको कार जाँच गर्न खोजेको थियो । तर कार नरोकि भैरवडाडातर्फ भाग्न खोजेपछि वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ईश्वरीप्रसाद भण्डारीले पेस्तोलबाट एक राउण्ड गाेली हवाई फायर गर्नुभएकाे थियाे ।
हवाई फायरबाट पनि कार नरोकिएपछि टायरमा एक राउण्ड गोली प्रहार गरेपछि कार रोकिएको थियो । कारमा जाँच गर्दा पछाडिको सिटमा फल्स बटम बनाइ १६ वटा पोकामा लुकाइ राखेको ३२ किलो गाँजा बरामद गरिएकाे मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिए ।
त्याे कार मनहरी चेक पोस्ट, नेवारपानी चेक पाेस्ट र लेवट चेक पोस्टमा रोक्न खोज्दा नरोकि भागेको थियो ।
गाँजा तस्करलाई नियन्त्रणमा लिएर ल्याउने क्रममा बसको ठक्करबाट प्रहरी र गाँजा तस्करीमा संलग्न खातुन घाइते भएकी छिन् । उनको चुरेहिल हस्पिटलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।