फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – शहीद सप्ताहअन्तर्गत बुधबार शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको स्मृति दिवस मनाइँदै छ ।
शहीद श्रेष्ठ र चन्दलाई राणाशासकले विसं १९९७ साल माघ १५ गते काठमाण्डौको शोभा भगवतीमा मृत्युदण्ड दिएका थिए । उहाँहरुमाथि राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवं शिक्षित गरेको आरोप लगाइएको थियो ।
विसं १९९७ सालमा राणाशासकले मृत्युदण्ड दिएका चार जना शहीदकाे सम्झनामा अहिले शहीद सप्ताह चलिरहेको छ । गएको १० गते शुक्रबारबाट सुरु भएको शहीद सप्ताह बिहीबारसम्म चल्ने छ । बिहीबार शहीद दिवस पनि हो ।
शहीद सप्ताहका अवसरमा शहीदद्वय गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण गरिएको छ । काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गर्नुभएको हो ।
शालिक बनाउन काठमाण्डाै महानगरपालिका १५ को संयोजनमा महानगरले १६ लाख १० हजार रुपैयाँ सहयोग गरेको छ । शालिक निर्माणमा झण्डै १८ लाख रुपैयाँ खर्च भएको छ ।
शालिक महेश तुलाधरले निर्माण गर्नुभएको हो । शहीदहरुको शालिक अनावरण गर्दै मेयर शाक्यले उहाँहरुले गरेको योगदान आगामी पुस्तासम्म जस्ताको त्यस्तै पुर्याउन शालिक निर्माण गरिएको बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।