नेकपा अध्यक्ष दाहालद्वारा राजनीतिक प्रतिवेदन पेश

 माघ १५, २०७६ बुधबार १८:४८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ। 

बुधबारबाट सुरु भएको बैठकमा दाहालले अध्यक्षद्वयको तर्फबाट प्रतिवेदन पेश गर्नुभएको हो । पार्टीका महासचिव विष्णु पौडेलले संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ । 

बैठकमा पेश भएका प्रस्तावहरुमाथि बिहीबारबाट छलफल सुरु हुनेछ । छलफलका लागि १५ वटा समूह बनाइएको महासचिव पौडेलले बताउनुभयो । ‘छलफलका लागि केन्द्रीय सदस्यहरुलाई १५ वटा समूहमा विभाजन गरिएको छ ।

‘शुक्रबार १ बजेसम्म समूहको छलफल जारी रहने छ । त्यसपछि समूह नेताबाट रिपोर्टहरु प्रस्तुत हुनेछ । बैठकको कारबाही अगाडी बढ्ने छ’, पौडेलले भन्नुभयो । 

यसअघि बैठकको उद्घाटन सत्रमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो । पार्टी एकतापछि दोस्रो पटक केन्द्रीय समिति बैठक बसेको हो । 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया