क्रसर उद्याेगकाे टिप्परले ठक्कर दिँदा गाेरखामा एक महिलाकाे ज्यान गयाे

 माघ १७, २०७६ शुक्रबार १०:७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

गाेरखा – गोरखामा टिप्परको ठक्करबाट एक जना महिलाको ज्यान गएको छ ।

गोरखा नगरपालिका १० छेवेटारमा रहेका गोरखकाली क्रसर उद्योग परिसरमा त्यही क्रसरको टिप्परले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया मनमाया तामाङको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव खड्काले जानकारी दिनुभयो ।

बिहान दुध बेच्न हिँडेकी महिलालाई टिप्परले ठक्कर दिएको र महिला लडेपछि टिप्पर 'ब्याक' गरेर किचेको प्रत्यक्षदर्शीले बताएका छन् । टिप्परको ठक्करबाट महिलाको ज्यान गएपछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने टिप्परमा आगजनी गर्नुको साथै त्यहाँ रहेका अरु टिप्परमा पनि तोडफोड गरेका छन् ।

आक्राेशित स्थानीयले अवैध रुपमा सञ्चालन भएको क्रसर उद्योग बन्द नभएसम्म शव नउठाउने अडान लिएका छन् । अहिले वार्ताको प्रयास भैरहेको डीएसपी खड्काले बताउनु भयो ।

एक सडक परियोजनाले सडक निर्माणका लागि सामाग्री उत्पादन गर्न स्थापना गरेको गोरखकाली क्रसर उद्योग परियोजनाको काम सकिएपछि सुरेन्द्र कुँवर  लगायतका व्यक्तिले अवैध रुपमा सञ्चालन गर्दै आएका छन् ।   

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया