सरकार अधिनायवादी भयो : डाक्टर शेखर कोइराला

 साउन ७, २०७५ सोमबार १६:३४:३१ | उज्यालो सहकर्मी

बाँके – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले  शान्तिपूर्ण आन्दोलनमा सरकारले दमनको अधिनायकवादी चरित्र देखाएको टिप्पणी गर्नुभएको छ ।

‘वर्तमान सरकार कम्युनिष्ट मानिसकताबाट सरकार सञ्चालन गर्न खोजिएको छ’, नेपाल प्रेस यूनियन बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता कोइरालाले भन्नुभयो, ‘सरकारको अधिनायकवादी चरित्र रोक्न मात्रै कांग्रेस लागि परेको छ ।’ नेता कोइरालाले आफ्नाे पार्टीले सरकारको राम्रो कामको समर्थन र गलत कार्यको विरोध गर्ने बताउनुभयो । 

उहाँले नागरिकका माग लिएर सत्याग्रहमा बस्नु भएका डाक्टर गोविन्द केसीको जीवनरक्षाका लागि आफ्नाे पार्टीले दबाब दिँदै आएको दाबी गर्नुभयो । उहाँले डाक्टर गोविन्द केसीका जायज मागहरु तत्काल पूरा गर्दै केसीको जीवन रक्षा हुनुपर्नेमा जोड दिनुभयो ।

वर्तमान सरकार अधिनायकवाद उन्मुख भैरहेका कारण सरकारका गतिविधिको कांग्रेसले सामना गरिरहेको उहाँको भनाई थियो । नेपाली कांग्रेस नेतृत्वको सरकारले कानूनसम्मत गरेका निर्णयहरु एकाएक खारेजी गरिएको भन्दै उहाँले सदन, सडक र सबैतिरबाट प्रतिवाद गरिएको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले पछिल्लो समय सरकारविरुद्ध देखिएको विरोध सरकार स्वयमले उत्पादन गरेको बताउनुभयो । सरकारको ५ महिनाको कार्य सकारात्मक नभएको उहाँको भनाई छ । 


 

अन्तिम अपडेट: मंसिर २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया