कोरोना भाइरस : २ सय ५९ जनाको ज्यान गयो, ११ हजारमा संक्रमण पुष्टि

 माघ १८, २०७६ शनिबार १०:५६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चीनमा कोरोना भाइरसबाट कारण ज्यान गुमाउनेको संख्या २ सय ५९ पुगेको छ । शनिबार बिहान सम्ममा ज्यान गुमाउनेको संख्या २ सय ५९ पुगेको र ज्यान गुमाउने सबै चीनका नागरिक रहेको बीबीसीले जनाएको छ । 

चीनमा मात्रै ११ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भैसकेको छ । बीबीसीका अनुसार चीनमा एकैदिन दुई हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । 

चीनमा कोरोना भाइरसको संक्रमण रोक्नका लागि पर्याप्त पहल भए पनि रोकिनुको सट्टा फैलिरहेको पनि बताएको छ । चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण चीनका सबै प्रान्तमा फैलिसकेको छ भने फैलन दर तीव्र बन्दै गएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार नै विश्वव्यापी स्वास्थ्य आपतकालीन अवस्था घोषणा गरिसकेको छ । 

चीन बाहिरका २२ वटा देशमा गरेर एक सयभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चीन बाहिर भेटिएका संक्रमितमध्ये कसैको पनि ज्यान भने गएको छैन । 

चीनले झण्डै ११ हजार मानिसमा संक्रमण भएको बताए पनि हङकङको एउटा विश्वविद्यालयले गरेको अध्ययनले वुहानमा मात्रै झन्डै ७५ हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने देखाएको छ । 

यसैबीच अमेरिकाले पनि कोरोना भाइरसको फैलावटकोबारेमा सार्वजनिक स्वास्थ्य आपतकालीन घोषणा गर्दै गएको दुई हप्ता चीन भ्रमण गरेका कुनै पनि विदेशी नागरिकलाई प्रवेश अस्वीकार गर्ने बताएको बीबीसीले जनाएको छ । 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया