६ महिनामा तास किनेरै बाहिरियो १५ करोड रुपैयाँ : ८८ लाख ‘बुक’ तास आयात

 माघ १८, २०७६ शनिबार १८:५९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालमा जुवातास खेल्नु गैरकानुनी हो । नेपाल प्रहरीले हरेक दिनजसो कुनै न कुनै ठाउँबाट जुवा खेल्ने व्यक्ति पक्राउ गरिहेको हुन्छ । तर गैरकानुनी खेल्नको लागि गैरकानुनी मानिएको तास आयातमा भने प्रतिवन्ध छैन । जसका कारण बार्षिक करोडौं रुपैयाँको तास आयात भैरहेको छ । 

चालु आर्थिक बर्षको साउनदेखि पुससम्मको ६ महिनामा झण्डै १५ करोड रुपैयाँको तास आयात भएको छ । ६ महिनामा १४ करोड ८३ लाख रुपैयाँ बराबरका ८८ लाख ५३ हजार ‘बुक’ तास आयात भएको भन्सार विभागले जनाएको छ ।

६ महिनामा चीनबाट १२ करोड ८६ लाख रुपैयाँ बराबरका ७६ लाख ९५ हजार ‘बुक’ तास आयात भएका छन् । यस्तै भारतबाट १ करोड १० लाख रुपैयाँ बराबरका ९ लाख ६८ हजार ‘बुक’ र मलेसियाबाट  ५३ लाख २३ हजार रुपैयाँ बराबरका ५३ हजार ‘बुक’ तास आयात भएका छन् । 

गएको आर्थिक वर्षमा २५ करोड ६ लाख रुपैयाँ बराबरका १ करोड ५७ लाख ‘बुक’ तास आयात भएका थिए । 
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया