भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
चीनको रेडक्रस सोसाइटी र रेडक्रस फाउन्डेसनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि दाताहरुबाट आएकाे ८५ करोड युआन स्वीकार गरेका छन् ।
समयकाे आवश्यकता र दाताहरूको इच्छा अनुसार भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शुक्रबारसम्म ८५ करोड युआन (झण्डै १२ करोड ३३ लाख ७० हजार अमेरिकी डलर) को सामाजिक सहयोग स्वीकार गरेको ती संस्थाहरूले शनिबार जानकारी गराएका छन् ।
कुल ८४ करोड ९७ लाख २० हजार युआन सहयोगमध्ये ६५ करोड ६९ लाख ६० हजार युआन नगद र १९ करोड २७ लाख ७० हजार युआन बराबरको सामग्रीलाई सरूवा रोग नियन्त्रण कार्यालय र सहयोगदाताको इच्छा अनुसार आवश्यक परेको स्थानमा प्रयोग गरिने रेडक्रसले जनाएको छ ।
चीनको रेडक्रस सोसाइटीले प्राप्त गरेको आठ करोड २९ लाख र फाउन्डेसनले ५७ करोड ६६ लाख ६७ हजार युआन सहयोग कोरोना भाइरस सङ्क्रमणको केन्द्र हुबेईका साथै साङडोङ र चच्याङमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खर्च गरिने बताइएको छ ।
सहयोग रकम सङ्क्रमितको उपचारमा प्रत्यक्ष काम गरिरहेका चिकित्सकको सुरक्षाका लागि सामग्री र सङ्क्रमण रोकथाम र नियन्त्रण शीर्षक तथा अस्पताल निर्माणमा नै खर्च हुने संस्थाले जनाएको छ ।
संस्थालाई तीन करोड ३३ लाख युआन बराबरको सामग्री सहयोग थियो जुन खास प्रभावित हुवेई प्रान्तका वुहान, सियान र सिआओकन शहर र अन्य २२ प्रान्त र नगरहरूमा पठाइसकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।