भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
धनुषा – मोबाइलकाे मेमाेरी कार्डकाे विषयमा श्रीमतीकाे हत्या गरेकाे आराेपमा श्रीमानसहित चार जना पक्राउ परेका छन् ।
२२ वर्षीया चिन्तामणि पासवानकाे हत्या आरोपमा पक्राउ परेका श्रीमान् अनिल पासवान, ससुरा राधाकृष्ण पासवान, सासू कुमला पासवान र नन्द पुनिता पासवानलाई प्रहरीले साेमबार सार्वजनिक गरेको हाे ।
गएकाे माघ १८ गते मोबाइलको मेमोरी कार्डकाे विषयमा चिन्तामणिको नन्द पुनितासँग विवाद र झैझगडा भएको र त्यही विषयलाई लिएर परिवार नै मिलेर निर्ममतापूर्वक कुटपिट गरी, बुहारीकाे घाँटी थिचेर हत्या गरेको प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।
घटनाबारे थप जानकारी दिँदै उहाँले भन्नुभयो, 'चिन्तामणिको हत्या गरेर ससुरा पक्षका व्यक्तिहरुले झुण्डिएर आत्महत्या गरेको भनि हल्ला–खल्ला गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखेर उनीहरु फरार भए । शव शङ्कास्पद देखिएपछि प्रहरीले खोजी गर्दा घटना सार्वजनिक भयाे ।'
घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले गएकाे माघ १९ गते जनकपुरधाम उपमहानगरपालिका ४ काे पेठिया बजारबाट ससुरा र श्रीमान्लाई जनकनन्दनी गाउँपालिका २ काे बलहा टोलबाट लुकिरहेको अवस्थामा पक्राउ गरेकाे थियाे । साथै सासु र नन्दलाई घरबाटै पक्राउ गरिएको हाे ।
पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाइएको एसपी बस्नेतले जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।