भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - काेराेना भाइरसका कारण चीनबाट आउने पर्यटक घट्ने भएपछि नेपालले वैकल्पिक बजार खोज्ने भएको छ ।
काठमाण्डौमा मंगलबार भएको पत्रकार सम्मेलनमा होटल एसोसिएसन अफ नेपाल हानका अध्यक्ष सृजना राणाले चीनले कोरोना फैलन नदिन सतर्कता अपनाएकाले नेपाल आउने पर्यटक कम आउने देखिएकोले अर्का बजार खोज्ने बताउनु भएको हो । अब मध्यपूर्व, दक्षिणपूर्वी एसिया र खाडीका पर्यटक तान्न पहल गर्ने राणाले बताउनुभयो ।
नेपालमा भाइरसको संक्रमण नभएको र यहाँ भएका हल्लालाई कम गर्दै पर्यटक ल्याउनुपर्ने उहाँको भनाइ छ । नेपालको पर्यटन क्षेत्रले पहिले पनि यस्ता समस्या भोगेको र समाधान गरेकाले अहिले पनि समाधान हुने राणाले बताउनुभयो । कार्यक्रममा नेपाल भ्रमण वर्षको राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले भ्रमण वर्षको सुरुमै चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपले भ्रमण वर्षको लक्ष्यमा समस्या पर्नसक्ने बताउनुभयो ।
भाइरसकाे विश्वभर प्रभाव देखिएकाले अबको ३ महिना नेपाल पर्ख र हेरको अवस्थामा बस्ने र त्यसपछि कदम चाल्ने बताउनुभयो । होटल एसोसियसन अफ नेपालका उपाध्यक्ष विनायक शाहले नेपालमा संक्रमणको हल्ला नफैलाउन आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।