बाजुरामा रुघाखोकी र भाइरल ज्वराेबाट दुई जनाको ज्यान गयो : छिमेकी गाउँपालिकामा पनि फैलँदै

 माघ २२, २०७६ बुधबार १८:४७:२० | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा - बाजुरा जिल्लाको पूर्वाेत्तर क्षेमा रहेको हिमाली गाउँपालिका–६, बोल्डिक गाउँमा फैलिएको रुघाखोकी र भाइरल ज्वराेबाट दुई जनाको ज्यान गएकाे छ।

ज्यान गुमाउनेमा स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुका ९० वर्षीय  दल रावल र त्यसै गाउँकी ५५ वर्षीया प्रेमा कडारा रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक भक्तबहादुर कैलाले जानकारी दिनुभयाे । 

एक सातादेखि फैलिएको रुघाखोकीले गाउँनै प्रभावित भएको र अहिलेसम्म हिमालीमा दुई सय ५० जना  र स्वामीकार्तिक खापार गाउँपालिकामा ४० जना बिरामी परेका स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । रुघखोकी नियन्त्रणमा आउन नसकेपछि स्वास्थ्य कार्यालय बाजुराले एक जना डाक्टरसहित तीन जनाको टोली प्रभावित क्षेत्रमा पठाएको छ। 

त्यहाँ फैलिएकाे रुघाखाेकी छिमेकी गाउँहरुमा पनि फैलिन थालेकाे छ ।

९० परिवार बसोवास रहेको गाउँमा रूघाखोकी र ज्वरो सताउन थालेपछि स्थानीय एन्जल इङ्लिस बोर्डिङ स्कुल ५ दिनका लागि बन्द गरिएको छ । त्यस्तै धुलाचौरमा रहेको भवानी माद्यमिक विद्यालयमा पनि नियमित पठन पाठन भएकाे‍ छैन। 

हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले भन्नुभयाे, ‘स्वास्थ्यकर्मीसँगै थप औषधिको व्यवस्थापन भइरहेको र अन्य ठाउँमा फैलिन नदिन गाउँपालिकाले उच्च सर्तकता अपनाएको छ। परिवारका सबै सदस्य बिरामी परेपछि उपचारमा समस्या भएकाले डाक्टर र ल्याबसहितको टोली मगाइएकाे छ र टाेली आएलगतै शिविर सञ्चालन गरिन्छ ।’

चिसोका कारणले जिल्लाका अन्य ठाउँमा भाइरलका बिरामी बढिरहेका छन्। अन्य स्थानीय ठाउँमा पनि फाट्फुट भाइरल रुघाखोकीका बिरामी भेटिएको स्वास्थ्यकर्मीले बताएका छन् । प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेको र जिल्ला बाट थप टोली सम्बन्धित क्षेत्रमा हिजो मात्र पठाएको जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया