बालुवाटार जग्गा प्रकरण : अख्तियार पूर्वाग्रही भएको काङ्ग्रेसकाे ठहर, सडक आन्दोलन सुरु गर्ने

 माघ २४, २०७६ शुक्रबार ९:१३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाग्रही भएको भन्दै नेपाली काङ्ग्रेसले सडक आन्दोलन सुरु गर्ने भएको छ ।

बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउनेविरुद्ध मुद्दा चलाउँदा अख्तियारले सरकार निकटलाई उन्मुक्ति दिएको तर काङ्ग्रेस नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारलाई भने फसाएको दाबी गर्दै काङ्ग्रेसका भातृ तथा शुभेच्छुक संस्थाले शुक्रबार दिउँसो साढे १२ बजे काठमाण्डौको माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने जनाएका छन् ।

बालुवाटार जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता विष्णु पौडेलका छोरा नवीनलाई उन्मुक्ति दिएको तर गच्छदारमाथि राजनीतिक प्रतिशोध लिएर मुद्दा लगाएकाले विरोध गर्नुपरेको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले जनाएको छ ।

यसैकाे विरोधमा काङ्ग्रेसले बिहीबार प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको थियो ।

यसैबीच काङ्ग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । बिहान १० बजे सिंहदरबारमा बस्ने दलको बैठकले विरोधका थप कार्यक्रम तय गर्ने मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको बैठक भने शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।  

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया