सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने कांग्रेस उपसभापति निधिको चेतावनी

 साउन ८, २०७५ मंगलबार १३:३१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहु विधेयकको रुपमा संसदमा पेश नगरेसम्म सडक र सदन दुवैतर्फको आन्दोलन नरोकिने स्पष्ट पार्नुभयो ।

नेपाली जनसम्पर्क समिति युरोपको पोर्चुगलमा आयोजित कार्यक्रममा भाग लिएर मंगलबार स्वदेश फर्कनु भएका उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ बिहीबार बस्ने पार्टीको बैठकले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा गर्नुभयो ।

उपसभापति निधिले सरकारले शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनमाथि बर्बरतापूर्वक दमन गरेकोमा आपत्ति जनाउँदै त्यस्तो कार्य तत्काल बन्द गर्न सचेत गराउनुभयो । उपसभापति निधिले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । नेपाली कांग्रेसको सरकारविरुद्धको पहिलो चरणको आन्दोलनको कार्यक्रम मंगलबार सकिदैंछ ।

उपसभापति निधिले सरकारले आफ्नो पार्टी नेतृत्वका बेला ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबुहु तत्काल संसदमा पेश नगरे बिहीबार बैठक बसेर आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया