तातोपानी कुण्ड क्षेत्रमा क्षति : नुहाउन र लुगा धुन प्रतिबन्ध

 साउन ८, २०७५ मंगलबार १४:१२:२२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मनाङको चामे गाउँपालिकामा वडा नम्बर–५, मा रहेको प्राकृतिक तातोपानी कुण्ड क्षेत्रमा क्षति पुगेको छ ।

मर्स्याङ्दी नदीको तीव्र बहावले तातोपानी कुण्ड क्षेत्रमा क्षति पुर्याएको हो । मस्र्याङ्दी नदीको बहावले तातोपानी कुण्ड क्षेत्रमा लगाइएको ‘ग्याबिन वाल’ लगायतका संरचनामा क्षति पुर्‍याएको हो ।

तातापानी कुण्ड क्षेत्रमा क्षति पुग्नुका साथै बर्खायामको समय रहेकाले सम्भावित खतरालाई मध्यनजर गर्दै कुण्डमा नुहाउने र लुगा धुने काम नगर्न वडा कार्यालयले सबैमा अनुरोध गरेको छ । वडा कार्यालयले एक सूचना प्रकाशित गर्दै तातोपानी कुण्डमा बेलुकी ५ बजेदेखि बिहान ६ बजेसम्म कुण्डमा नुवाईधुवाई नगर्न अनुरोध गरेको स्थानीय सञ्चारकर्मी नेगम परियारले जानकारी गराउनुभयो ।

मर्स्याङ्दी नदी किनारामै रहेको तातोपानी कुण्डमा महिला र पुरुषका लागि अलगअलग पोखरी बनाइएको छ । लुगा धुनका लागि तातोपानी कुण्ड परिसरमै ३ वटा धारा बनाइएको छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै ‘चेञ्जिङ रुम’ बनाइएको छ । पोखरीसम्म पुग्न सिँढी बनाइएको छ ।

स्थानीयका अनुसार तातोपानी कुण्डमा नुहाउँदा हाडजोर्नी तथा छालासम्बन्धीका रोगहरु निको हुने जनविश्वास छ ।  


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया