भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – पाकिस्तानका तीव्र गतिका युवा बलर नसीम शाहले बङ्गलादेशविरुद्ध ह्याट्रिक गरेर विश्व कीर्तिमान बनाएका छन् ।
बङ्गलादेशविरुद्धको पहिलो टेस्टको तेस्रो दिन १६ वर्षीय नसीमले पाहुना टोलीका तीन खेलाडीलाई लगातार तीन बलको शिकार बनाए ।
नसीम टेस्ट क्रिकेटकाे इतिहासमा ह्याट्रिक लिने सबैभन्दा कान्छा बलर बनेका छन् । नसीमभन्दा अघि यो विश्व कीर्तिमान बङ्गलादेशका लेग स्पिनर आलोक कपलीले बनाएका थिए । सने २००३ मा कपलीले १९ वर्षकाे उमेरमा याे कीर्तिमान बनाएका थिए ।
नसीमले रावलपिण्डिमा खेलिएकाे टेस्टमा खेलको ४१औँ ओभरमा कीर्तिमान बनाए । उनले पहिलो ओभरको चौथाे, पाँचौँ र छैटाैँ बलमा क्रमशः नजमुल हाेसैन शान्ताे, ताइजुल इस्लाम र महमुदुल्लाहलाई आउट गरे।
गएकाे वर्ष नोभेम्बरमा अस्ट्रेलियाविरुद्ध टेस्टमा डेब्यू गरेका नसीम डिसेम्बरमा श्रीलङ्काविरुद्ध टेस्टमा पाँच विकेट लिने सबैभन्दा कान्छो तीव्र गतिका बलर बनेका थिए ।
यी दुई देशबीचकाे निर्णायक तथा दाेस्राे टेस्ट कराचीमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।