भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुनाको कुटपिटपछि हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ ।
साेमबार बिहान लतिलपुरको सानेपामा रहेको आफ्नै घरमा गम्भीर अवस्थामा भेटिनु भएकी मुनाको स्टार अस्पतालमा निधन भएकाे थियाे ।
बिहान उहाँ रक्ताम्य अवस्थामा अचेत भेटिनु भएको थियो भने उहाँको घरमा काम गर्ने विजय चौधरी मृत अवस्थामा भेटिएका थिए । चौधरीले मुनाकाे हत्या आक्रमण गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले सीसीटीभी क्यामेरामा कामदार चौधरीले मुनालाई कुटपिट गरेको देखिएको जनाएको छ । तर यसबारे प्रहरीले थप जानकारी सार्वजनिक गरेको छैन ।
महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले घटनाको अनुसन्धान भइरहेकाले अरु जानकारी दिन नमिल्ने उज्यालोलाई बताउनुभयो ।
उहाँका अनुसार मुनाकाे शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।