कानुनमन्त्री तामाङले रुँदै दिए राजीनामा

 साउन ८, २०७५ मंगलबार १५:१३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै आलोचना भएपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । 

कानुन मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै कानुनमन्त्री तामाङले राजीनामा दिनुभएको हो । पत्रकार सम्मेलनमा भावुक हुँदै आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर प्रस्तुत गरिएको तामाङले बताउनुभयो । अाफू सधैँ नेपाली महिलाकाे सम्मानमा अाँच अाउन नदिने कुरामा सजग भएकाे उहाँले बताउनुभयाे । 

कानुनमन्त्री तामाङको अभिव्यक्तिले सरकार र पार्टीलाई काम गर्न अप्ठेरो भएपछि उहाँलाई पार्टीले राजीनामा दिन निर्देशन दिएको थियो ।  अाफूले एउटा सार्वजिनक कार्यक्रममा दिएकाे अभिव्यक्तिलाई गलत तरिकाले बुझिएकाे बताउँदै नारी अधिकारका लागि अाफू निरन्तर लड्दै अाएकाे बताउनुभयाे । अाफूले बंगलादेशमा पढ्ने छात्राहरु हिंसामा परेका कुरा भनेकाे स्पष्ट पार्दै त्यसलाई अतिरञ्जित पारिएकाे उहाँले बताउनुभयाे । 

कानुनमन्त्री तामाङले पत्रकार सम्मेलनमा भन्नुभयाे, ‘म आफै महिला मलाई जन्माउने आमा हो । मेरो जीवन साथी हो । छोरी मेरो सन्तान हो । भविष्य हो । सबै हो । आमाको नामबाट नागरिकता दिने विषयको आन्दोलनमा मेरो पनि सहयोग छ । हिंसा भएको छ भनेर मैले आफै बोलेकै हो । तर केही क्लिप मात्रै निकालेर बंग्याएर समाचार आएको हो ।’ 

मन्त्री तामाङले अाफ्नाे अभिव्यक्तिलाई विवादमा तानेर सरकारलाई नै असफल बनाउन लागिएकाे कारण सरकारकाे समृद्धिकाे यात्रामा अवराेध नअाअाेस् भनेर राजीनामा दिएकाे प्रष्ट पार्नु भएकाे छ ।

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । यसअघि आफ्नो अभिव्यक्तिप्रति उहाँले माफी माग्नुभएको थियो ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bishal

    July 24, 2018, 9:26 p.m.

    तेरिमा डामना.. बोल्ने बेला जे मुखमा आयो बोल्ने, अहिले आएर रुने.. साला नौटंकी..खाते.. यस्तालाइ क़ानूनी कारवाही गर्नुपर्छ । माफी माग्दैमा, राजीनामा दिदैमा हुने भए, मनलाग्दी गर्दै माफी माग्दै हिडें भैगयो नि, के कानुन निमुखा लाई मात्र हो ?????

  •  0 Reply

तपाईको प्रतिक्रिया