प्रधानमन्त्रीको रिस गर्नेहरुले सरकारले गरेका राम्रा काम देखेनन् : सञ्चारमन्त्री बाँस्कोटा

 फागुन १, २०७६ बिहिबार १७:३०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले मनग्य राम्रा काम गरिरहँदा पनि जस नपाएको र सरकारलाई विवादमा ल्याउन भ्रम फैलाउने काम भैरहेकाे जनाएको छ । 

सरकारले आम नागरिकको दैनिकी सहज हुने, अर्थतन्त्र बलियो बनाउने र विश्वमञ्चमा नेपालको बलियो उपस्थिती देखिने काम गरेकाे भए पनि आलोचना मात्रै भैरहेको निष्कर्ष निकालेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्ताे बताउनु भएकाे हाे । 

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको रिसले गर्दा केहि व्यक्तिले राम्रा कामको पनि प्रशंसा नगरेको उहाँको भनाइ छ । तर केपी शर्मा ओली व्यक्ति मात्रै नभइ देशको प्रधानमन्त्री समेत रहेकाले व्यक्तिको विरोध गर्ने नाममा देशकै विरोध नगर्न उहाँको आग्रह छ । 

मन्त्री बाँस्कोटाले विश्वका कुनै पनि देश रातारात धनी र विकसित नबनेको भन्दै नेपाल पनि बिस्तारै बन्दै गरेको बताउनुभयो । सरकारले रेल परियोजना अघि बढाउनुका साथै अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले समेत तिव्रता पाएको बताउनुभयाे ।

वर्षौदेखि कालापानी र लिपुलेकमा नेपालको भूमि लुटिएको विषयमा अहिलेको सरकारले प्रमाण जुटाएको बताउँदै उहाँले  भारतसँग कुटनीतिक हिसाबले कुरा अघि बढाइएको दावी गर्नुभयाे । 

स्विजरल्याण्डको डाभोसमा भएको वर्ल्ड इकोनोमिक फोरममा नेपालको बलियो उपस्थिति रहेकोदेखि चीनका राष्ट्रपति सि जिन पिङले नेपालको भ्रमणबारे जानकारी गराउनुभयाे । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २ पटक नेपाल भ्रमण गरेको भन्दै मन्त्री बास्कोटाले विमस्टेक सम्मेलनकाे कारण विश्वमा नेपाल देखिन र सुुनिन लागेको  दावी गर्नुभयो । उहाँले काम नगर्ने ठेकेदारलाई कारबाही गरिएकाे उहाँले दावीसमेत गर्नुभयाे । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया