ए डिभिजन लिग : अन्तिम चरणका तीन खेल हुँदै

 फागुन २, २०७६ शुक्रबार ८:२१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

लिगको अन्तिम चरणको खेलमा जित निकाल्दै मनाङ तेस्राे स्थान हासिल गर्ने लक्ष्यमा हुनेछ । गएकाे संस्करणको विजेता मनाङ २५ अङ्कसहित तालिकाकाे तेस्रो स्थानमा छ । उसले अघिल्ला १२ खेलमा सातमा जित, चारमा बराबरी र एकमा हारको नतिजा निकालेको छ । 

जावलाखेल युथ क्लबको लक्ष्य शीर्ष ६ हो । १२ खेलबाट १९ अङ्क बनाएको जावलाखेल छैटौँ स्थानमा छ । याे खेलमा मनाङलाई हराएमा जावलाखेलको चौथो स्थान सुरक्षित हुनेछ । साथै जावलाखेलसँग पराजित भएमा मनाङको तेस्रो स्थान पनि सुरक्षित हुने छैन । 

भाग्यले साथ दिएमा मनाङलाई लिगमा उपविजेता बन्ने मौका पनि छ । याे खेलमा तीन गोल अन्तरको जित हात पारेमा र अन्तिम खेलमा आर्मीले मच्छिन्द्रलाई पनि तीन गोल अन्तरका आधारमा हराएमा मनाङ उपविजेता बन्न सक्नेछ । 

त्यसअघि थ्री स्टार र च्यासल युथ क्लब प्रतिस्पर्धा गर्दैछन् । च्यासल १५ अङ्कसहित नवौँ स्थानमा छ । थ्री स्टारलाई पनि तेस्रो स्थानमा रहेर लिग समाप्त गर्ने मौका छ । २३ अङ्कसहित चौथो स्थानमा रहेको थ्री स्टारलाई जित हात पारेर तेस्रो स्थानमा उक्लिने मौका छ । थ्री स्टार र च्यासलबीचको खेल सवा १२ बजे सुरु हुनेछ ।

बिहान सवा आठ बजे हिमालयन शेर्पा क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया