इतिहासकै शक्तिशाली सरकारले अपेक्षित काम गर्न नसकेको नेताहरुकाे टिप्पणी

 फागुन २, २०७६ शुक्रबार १८:२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - राजनीतिक दलहरुले वर्तमान सरकार इतिहासकै शक्तिशाली सरकार भए पनि अपेक्षित काम गर्न नसकेको टिप्पणी गरेका छन् । 

सरकार गठनको दुई वर्ष पुगेको सन्दर्भमा राजनीतिक दलहरुले सरकारको घोषणा र कार्यप्रगति पूर्ण रुपमा असफल रहेको प्रतिक्रिया दिएका हुन् । संसदमा झण्डै दुई तिहाईको समर्थन रहेको सरकारले समयको सदुपयोग गर्न नसकेको प्रतिक्रिया पनि उनीहरुले दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शक्तिशाली सरकार भएर पनि अपेक्षित कार्यप्रगति देखाउन नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको दुई वर्षको आर्थिक गतिविधिको बारेमा कुरा गर्दा निरासाजनक र आमजनताले सोच अनुसार काम गर्न सकेको छैन । ल एण्ड अर्डर र गुडगर्भनेन्सको कुरा गर्ने हो भने, सुनकाण्ड, वाइडबडी काण्ड, न्यारोबडी काण्डदेखि यती होल्डिङ्सलाई दिएको ट्रष्टको जग्गादेखि लिएर के देखिएको छ भने सारमा आर्थिक र गुडगर्भनेन्समा आफ्नो परफरमेन्स बिल्कुलै देखाउन नसकेको देखाइरहेको छ ।’

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले काम गरेर देखाउने राम्रो अवसर गुमाएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘राम्रो अवसर प्राप्त भएको थियो । प्रधानमन्त्रीले त्यो अवसर गुमाउनुभयो । भ्रष्टाचार रोक्नका निम्ति प्रशासनिक सुधार गर्नुपथ्र्यो । हाम्रो प्रक्रियामुखी ब्युरोक्रेसीलाई संरचनात्मक ढंगले बदलेर परिणाममुखी ब्युरोक्रेशीमा बदल्न सक्नुपथ्र्यो । भ्रष्टाचार नियन्त्रणका अंग पनि त्यत्ति प्रभावकारी थिएनन् । 

राष्ट्रिय जनता पार्टीका महिन्द्रराय यादवले सत्तारुढ दल नेकपाभित्रै पनि सरकारको काम प्रभावकारी नभएको भन्ने बहस भएबाट सरकारको काम प्रभावकारी नभएको स्पष्ट पारेको संक्षिप्त प्रक्रिया दिनुभयो ।

तर सरकारका मन्त्रीहरु भने सरकारले यो दुई वर्षमा असाधारण काम गरेको दावी गर्छन् । यसै सन्दर्भमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले इतिहासमै कसैले गर्न नसकेको काम सरकारले गरेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विभिन्न बेथितिलाई चिर्दै असाधारण उपलब्धि प्राप्त गर्नेगरी आफू अगाडि बढेको छ । इतिहासमा कसैले गर्न नसकेका कामहरु यो सरकारले गर्ने गरी आफ्नो पाइला अगाडि सारेको छ । धेरै महत्वपूर्ण सफलताको वर्ष भन्न पर्ने ठाउँमा हामी पुग्छौ ।’

उहाँले केही कामको परिणाम देखिएको र केही कामको परिणाम देखिन समय लाग्ने भन्दै सरकारको कार्यशैलीको बचाउ गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया