सुनकाे भाउ ताेलाकाे ७६ हजार ५ सय, भेट्याे पुरानाे रेकर्ड !

 फागुन ४, २०७६ आइतबार १०:५६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ आइतबार ताेलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आइतबार ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि सुन गएको पुस २३ गते नयाँ रेकर्ड बनाउँदै तोलाको साढे ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता घटबढ हुँदै गएको सुनकाे भाउ माघ १९ र २० गते पनि तोलाको साढे ७६ हजार रुपैयाँ पुगेको सुनको भाउले आज फेरि त्यही भाउ भेटेको हो ।

चीनमा कोरोना भाइरस फैलिएसँगै अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको नेपाल सुनचाँदी महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाग बढेकाले भाउ अझै बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो । यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया