महराविरुद्धको मुद्दाको फैसला आज

 फागुन ५, २०७६ सोमबार ७:५८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारसम्बन्धी मुद्दाको फैसला आज सोमबार हुने भएको छ ।

मुद्दाको सुनुवाई हिजै सकिए पनि हेर्दाहेर्दैमा राखिएकाले फैसला आज मात्रै हुने काठमाण्डौ जिल्ला अदालतले जनाएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सकिएको हो । 

संघीय संसदको सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएको थियो । महरा गएको कात्तिक १८ देखि पुर्पक्षका लागि डिल्लिबजार कारागारमा थुनामा हुनुहुन्छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया