रक्षामन्त्री पोखरेल सहितको टोली कालापानीमा : विवादित सीमाकाे अवलोकन

 फागुन ५, २०७६ सोमबार १४:३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसहितको टोलीले कालापानी, लिपुलेक लगायत भारतसँगको विवादित सीमा क्षेत्रको अवलोकन गरेको छ । 

टोलीले व्यास गाउँपालिकाको छाङरु, तिङ्कर, लिपुलेक लगायत कालापानी क्षेत्रको अवलोकन गरेर सदरमुकाम फर्किएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । 

अत्यधिक हिउँका कारण हेलिकोप्टर अवतरण गर्न नसकेको र टोलीले हेलीकप्टरबाटै अवलोकन गरेको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । 

व्यास गाउँपालिकाको छाङ्गरु र तिङ्करमा हिमपातका कारण ६ महिना मात्रै मानिस बस्ने गरेका छन् । सुरक्षाकर्मी र स्थानीयवासी भने हिउँ र चिसोका कारण तल झरेकाले त्रिदेशीय सीमा क्षेत्र अहिले मानववीहिन बनेको छ । 

भारत सरकारले भने हिउँमा बस्ने विशेष प्रकारको व्यवस्थापन गरी सीमा क्षेत्रमा आफ्ना सुरक्षाकर्मीहरु राखेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया