नवनियुक्त कानुन मन्त्री तुम्बाहाङ्फेद्वारा पदभार ग्रहण

 फागुन ५, २०७६ सोमबार १७:४६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गर्नुभएकाे छ ।

तुम्बाहाङ्फेले साेमबार दिउँसाे राष्ट्रपति भवनमा पद तथा गाेपनियाताकाे शपथ ग्रहण गरेसँगै पदभार ग्रहण गर्नुभएकाे हाे । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्नुभयाे । 

उपेन्द्र यादवको बहिर्गमनपछि रिक्त रहेको कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनुभएको थियाे ।  

यसअघि उपसभामुख रहनुभएकी शिवमायाले तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पदको दाबी गर्नुभएको थियो ।

तर नेकपा सचिवालयले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उहाँले राजीनामा दिनुभएको थियो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया