'निर्भया' काण्ड : चारै जना दाेषीलाई आउँदाे मार्च ३ मा मृत्युदण्ड दिइने

 फागुन ५, २०७६ सोमबार १९:३०:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ‘निर्भया’ सामूहिक बलात्कार र हत्याका दाेषीलाई मृत्युदण्ड दिनका लागि दिल्लीको पटियाला हाउस कोर्टले नयाँ मिति घाेषणा गरेकाे छ ।

यसअघि दुई पटक अदालतले मृत्युदण्डको मिति तय गरे पनि फरक–फरक आवेदन पत्रका कारण मिति सारिँदै आएको थियो । 

सोमबारकाे नयाँ 'डेथ वारेन्ट' अनुसार अदालतले आउँदो ३ मार्चमा बिहान ६ बजे चारै जना दोषीलाई मृत्युदण्ड दिने तय भएको छ । 

मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्ता निर्भया बलात्कार घटनाका दाेषी हुन् । 

यसअघि अदालतले मृत्युदण्डको मिति जनवरी २२ तोकेको थियो तर एक जना दाेषीकाे निवेदन राष्ट्रपतिकोमा पुगेर रोकिएपछि मिति सरेको थियो । पछि अदालतले गएको फेब्रुअरी १ लाई तय गरेको थियो तर त्यो दिन पछि मृत्युदण्ड दिन सकिएन । 

निर्भयाकी आमा आशा देवीले नयाँ डेथ वारेन्ट जारी भएपछि आशा जागेको बताएकी छिन् । उनले यसपटक दाेषीहरुलाई सजाय हुने र कसैले पनि कानुनको बाहनामा फाइदा उठाउन नसक्ने विश्वास व्यक्त गरेकी छिन् ।    

घटना के थियो ?

सन् २०१२ डिसेम्बर १६ को रातको समयमा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलत्कार गरेका थिए । चार जना दोषीको अलावा एक प्रमुख आरोपी राम सिंहले ट्रायको दौरान तिहाज जेलमा आत्महत्या गरेका थिए । 

एक जना अपराधी, जो घटना हुँदाको समयमा नाबालिग साबित भएका थिए, उनलाई सुधारगृह पठाइएको थियो । सन् २०१५ मा उनलाई सुधारगृहबाट रिहा गरिएको थियो । उनको नाम खुलाउन सकिँदैन । उनलाई सन् २०१३ अगस्ट महिनामा सुधारगृहमा तीन वर्ष बिताउने सजाय सुनाइएको थियो । 

अहिले उनी वयस्क भइसकेका छन् तर नियमअनुसार उनको सजाय पूरा भइसकेको छ । अहिले उनी एउटा सहयोगी संस्थामा आबद्ध छन्, बाहिर उनको सुरक्षा चिन्ताको विषय बनेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया