फिफाको उत्कृष्ट खेलाडी को होला ? रोनाल्डो र मेस्सीसँगै केन र सलाह पनि तर नेइमार सूचीमै अटाएनन्

 साउन ८, २०७५ मंगलबार २३:१३:१४ | एजेन्सी
unn.prixa.net

फिफा उत्कृष्ट वर्ष पुरुष खेलाडीको प्रतिस्पर्धामा ह्यारी केन र मोहम्मद सलाह रहेका छन् ।

फिफाले मंगलबार सार्वजनिक गरेको १० जना खेलाडीको मनोनयनको सूचीमा इंग्ल्याण्डका कप्तान तथा लिभरपुलका स्टार खेलाडी परेका हुन् । त्यस्तै विश्वकप विजेता टोली फ्रान्सका एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे, राफायल भाराने तथा प्रतियोगिताका गोल्डेन बल पाउने क्रोएसियाका लुका मोड्रिच पनि सूचीमा अटाएका छन् । 

साथै चेल्सीका बेल्जियन स्टार इडेन हाजार्ड र म्यानचेस्टर सिटीका प्लेमेकर केभिन डि ब्रुइल सूचीमा अटाउँदा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी पनि सूचीमा परेका छन् । 

तर पीएसजी स्टार नेइमार भने सूचीमा अटाउन सकेनन् । उनले छोटो समयमै पीएसजीका लागि २८ गोल गरेका थिए । तर २६ वर्षीय नेइमारले ब्राजिललाई विश्वकपको क्वार्टरफाइनल पार गराउन सकेनन् । 

बेस्ट फिफा मेन्स प्लेयर अवार्ड नयाँ प्रारुपमा सन् २०१६ देखि दिन थालिएको हो । २०१६ र २०१७ मा यो अवार्ड रोनाल्डोले हात पारेका थिए । 

यो अर्वाडका लागि प्रशिक्षक, प्रशंसक तथा सञ्चारकर्मीले भोट गर्नेछन् । उत्कृष्ट वर्ष पुरुष खेलाडीका साथै उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट पुरुष प्रशिक्षक, उत्कृष्ट महिला प्रशिक्षक, उत्कृष्ट गोलरक्षकका साथै फिफा फ्यान तथा पुस्कास अवार्ड पनि सँगै प्रदान गरिनेछ । तीन जनाको अन्तिम सूची आउँदो सेप्टेम्बरमा सार्वजनिक गरिनेछ । 

ह्यारी केनले सबै प्रतियोगितामा गरेर टोटेनह्यामका लागि गएको सिजनमा ४० गोल गरेका छन् । त्यस्तै विश्वकपको सेमीफाइनलसम्म टिमलाई पुर्याएका केनले सबैभन्दा धेरै गोल गर्दै सुनको जुत्ता पाएका थिए । 

त्यस्तै लिभरपुल स्टार मोहम्मद सलाहले पहिलो सिजनमै लिभरपुलका लागि ४४ गोल गरेका थिए । ग्रिजम्यान र एम्बाप्पेले विश्वकपका साथै घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । लुका मोड्रिचले क्रोएसियालाई फाइनलसम्म पुर्याउन उत्कृष्ट प्रदर्शन गरे । 

भर्खरै युभेन्टस प्रवेश गरेका रोनाल्डोले रियल मड्रिडका लागि ४४ गोल गरे भने मेस्सीले बार्सिलोनाका लागि ४५ गोल । तर दुवैले विश्वकपमा भने अन्तिम १६ भन्दा अगाडि आफ्नो देशलाई अगाडि लैजान सकेनन् ।   

विश्वकप र घरेलु प्रतियोगितालाई आधार मान्ने हो भने उत्कृष्ट खेलाडीको अवार्डको दौडमा ह्यारी केन अगाडि देखिन्छन् ।

बेस्ट फिफा मेन्स प्लेयर अवार्ड २०१८ को मनोयनमा परेका खेलाडीहरु

  • क्रिस्टियानो रोनाल्डो – ३३ वर्ष, युभेन्टस, पोर्चुगल
  • केभिन डि ब्रुइन – २७ वर्ष, म्यानचेस्टर सिटी, बेल्जियम
  • एन्टोइन ग्रिजम्यान – २७ वर्ष, एथ्लेटिको मड्रिड, फ्रान्स
  • इडेन हाजार्ड – २७ वर्ष, चेल्सी, बेल्जियम
  • ह्यारी केन – २४ वर्ष, टोटेनह्याम, इंग्ल्याण्ड
  • केलियन एमबाप्पे – १९ वर्ष, पीएसजी, फ्रान्स
  • लियोनल मेस्सी – ३१ वर्ष, बार्सिलोना, अर्जेन्टिना
  • लुका मोड्रिच – ३२ वर्ष, रियल मड्रिड, क्रोएसिया
  • मोहम्मद सलाह – २६ वर्ष, लिभरपुल, इजिप्ट
  • राफायल भाराने – २५ वर्ष, रियल मड्रिड, फ्रान्स

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  •  0 Reply

तपाईको प्रतिक्रिया