शिवरात्रिमा सानिमा बैंकको डिजिटल प्रसाद

 फागुन ६, २०७६ मंगलबार २०:३५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सानिमा बैंकले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनका लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने
व्यवस्था गरेको छ ।

यो योजना अन्तर्गत विवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल
बैंकिङ सेवा निःशुल्क पाउनेछन् ।

साथै, यो योजनामा महिला ग्राहकले एक सय रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउनेछन् । य

याे योजना फागुन ७ देखि ११ गतेसम्म लागू हुने कम्पनीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया