विद्युत् प्राधिकरणले प्रस्ताव गरेकाे नयाँ महसुलबारे तपाईँलाई केही भन्नु छ ? सुझाव दिनुस्

 फागुन ७, २०७६ बुधबार १२:२७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नयाँ विद्युत् महसुलमा सुझाव दिन विद्युत् नियमन आयोगले आग्रह गरेको छ ।

आयोगले सूचना निकालेर विद्युत् प्राधिकरणले प्रस्ताव गरेको शुल्क आयोगको वेबसाइट http://erc.gov.np/consumertariff/erc/ मा राखिएकाले अध्ययन गरेर [email protected] मा सुझाव पठाउन आग्रह गरेको हो ।

आयोगले नयाँ महसुल शुल्कको बारेमा सार्वजनिक सुनुवाइ गर्ने तयारी पनि गरेको छ । नेपाल विद्युत् प्राधिकरणले वैशाखदेखि मङ्सिरसम्म र पुसदेखि वैशाखसम्म तथा दिउँसो, साँझ र रातिमा फरक–फरक शुल्कसहितको महसुल दर प्रस्ताव गरेर विद्युत् नियमन आयोगमा पठाएको छ ।

प्राधिकरणले १० युनिटसम्म खपत गर्नेले मासिक ३० रुपैयाँ तिर्नेदेखि सार्वजनिक विद्युतीय सवारी साधनलाई सहुलियत मूल्यमा बिजुली दिन प्रस्ताव गरेको छ । यस्तै सिँचाइ र कृषि उकपरण चलाउँदा पनि सहुलियत दरमा विद्युत् उपलब्ध गराउने लगायतका विभिन्न शीर्षकअनुसारको महसुल दर उल्लेख छ ।

विद्युत् नियमन आयोगले स्वीकृति दिएपछि नयाँ महसुल दर लागू गर्ने प्राधिकरणको तयारी छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Babita karki

    Feb. 20, 2020, 6:40 a.m.

    ठीक छ /

  •  0 Reply
  • madan prasad sharma

    Feb. 19, 2020, 3:19 p.m.

    यो पनि एकदमै राम्रो नियम हो जसले आर्थिक रुपले बिपन्नहुनेलाई राहत प्रदान गर्छ तर यतिले मात्र हुदैन सरकार जहा बिधुत् का पोल मात्र गाडिएका छन त्यहा बिजुली पनि देउ

  •  0 Reply

तपाईको प्रतिक्रिया